तोलामा ६ सय रूपैयाँ घट्यो सुनको भाउ
काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९३ हजार ९ सय रूपैयाँ तोकिएको छ।
यस्तै, तेजाबी सुन पनि सोही दरमा घटेर तोलाको ९३ हजार ४ सय रूपैयाँ कायम भएको छ। गत शुक्रबार यसको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम थियो।
चाँदीको मूल्य भने प्रतितोला १ हजार ३ सय ७० रूपैयाँमा स्थिर छ।
सुनचाँदी व्यावसायी महासंघले गत शुक्रबारपछि आज सुनचाँदीको मूल्य निर्धारण गरेको हो।
जेठ ३०, २०७८ आइतबार १२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।