७ दिनमा चिकित्सक सुरक्षित हुने कानुन ल्याउन चिकित्सक संघको माग
काठमाडौं : नेपाल चिकित्सक संघले सात दिनमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने कानुन ल्याउन माग गरेको छ।
संघले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने कानुन अध्यादेशमार्फत ल्याएर सुरक्षित वातावरणको सृजना गर्न माग गरेको हो।
‘यस्तो परिस्थिति नबनेमा नेपाली चिकित्सक संघ थप कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार स्वयं सरकार हुनेसमेत जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
संघले भेरी अस्पतालको घटनामा संलग्नलाई कडा कारवाही गर्नसमेत माग गरेको छ।
जेठ १६, २०७८ आइतबार १५:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।