संसद् विघटन मुद्दा : सकियो आजको सुनुवाइ, मुद्दा हेर्दाहेर्दैमा

संसद् विघटन मुद्दा : सकियो आजको सुनुवाइ, मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटन मुद्दामा आजको सुनुवाइ सकिएको छ। 

इजलासमा बहस अझै बाँकी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वाेच्च अदालतले जनाएको छ। 

आज सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडाल, नायब महान्यायधिवक्ता पदम पाण्डेय, सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रतिरक्षा बहस गरेका थिए। 

पछिल्लो पटक परेको संसद् विघटन मुद्दाकाे सुनुवाइ गत क्रबार  सुरु भएको थियो। 

यसअघि गत पुस ५ गते परेको संसद् विघटन मुद्दामा सर्वाेच्चले संसद् पुनःस्थापना गर्ने फैसला गरेको थियो। 

जेठ १६, २०७८ आइतबार १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।