बहसकर्ताको मतमा नायब महान्यायाधिवक्ता पाण्डेयको प्रतिरक्षा– कसैले इजलासमा राख्नुहुँदैन भन्दैमा न्यायाधीशले इजलास छाड्दैन

बहसकर्ताको मतमा नायब महान्यायाधिवक्ता पाण्डेयको प्रतिरक्षा– कसैले इजलासमा राख्नुहुँदैन भन्दैमा न्यायाधीशले इजलास छाड्दैन

काठमाडौं : नायब महान्यायाधिवक्ता पदम पाण्डेयले कसैले न्यायाधीशलाई इजलासमा राख्नुहुँदैन भन्दैमा न्यायाधीशले इजलास छाड्ने भन्ने नहुने बताएका छन्। 

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटन मुद्दामा विपक्षी गठबन्धनका १ सय ४६ सांसद्ले दायर गरेको रिटमा बहसकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आधिकारिकता नदिई नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने फैसला गरेका न्यायाधीश बमबहादुर श्रेष्ठलाई संवैधानिक इजलासमा राख्न नहुने बताएपछि नायब महान्यायाधिवक्ता पाण्डेयले आज यस्तो प्रतिरक्षा गरेका हुन्। 

उनले बहसका क्रममा अदालत र न्यायप्रति विश्वास गर्न आग्रहसमेत गरे।  

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्। 

पछिल्लो पटक दायर गरिएको संसद् विघटन मुद्दाको सुनुवाइ गत शुक्रबार सुरु भएको हो। 

त्यसअघि गत पुस ५ गते परेको संसद् विघटन विरुद्धको रिटमा सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गर्ने फैसला गरेको थियो। 
 

जेठ १६, २०७८ आइतबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।