महान्यायाधिवक्ता बडालले भने– न्यायाधीशमाथि प्रश्न गर्ने हो भने संसद् विघटन मुद्दाकाे सुनुवाइ अहिले हुन सक्दैन 

महान्यायाधिवक्ता बडालले भने– न्यायाधीशमाथि प्रश्न गर्ने हो भने संसद् विघटन मुद्दाकाे सुनुवाइ अहिले हुन सक्दैन 

काठमाडौं : महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशमाथि प्रश्न गर्ने हो भने संसद् विघटनको मुद्दाकाे सुनुवाइ अहिले हुन नसक्ने बताएका छन्।
 

सर्वाेच्च अदालतमा संवैधानिक इजलासमा संसद् विघटन मुद्दामा बहस गर्दै उनले न्यायाधीशमाथि प्रश्न गर्ने हो भने यी सबै न्यायाधीशको पदावधि सकिएपछि यो मुद्दाको सुनुवाइ हुने गरी पेन्डिङमा राख्नुपर्ने बताएका हुन्। 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको इजलासमा गत शुक्रबार उक्त मुद्दाकाे सुनुवाइ सुरु भएकाे थियाे। 

त्यसअघि गत पुस ५ गते परेको संसद् विघटन विरुद्धको रिटमा सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गर्ने फैसला गरेको थियो।
 

जेठ १६, २०७८ आइतबार १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।