थापाको उपचारको लागि २४ घण्टामा ५० लाख उठ्यो, , आर्थिक सङ्कलन बन्द
काठमाडौंः विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्ज्वल थापाको उपचारका लागि आर्थिक संकलन बन्द गरिएको छ। करिब दुई हप्तादेखि कोरोना सङ्क्रमित भई अस्पतालमा उपचार गराइरहेका उनको उपचारमा आवश्यक रकम उठेपछि आर्थिक संकलन बन्द गरेको हो।
उनको स्वास्थ्य बिहानै देखि जटिल भएको आलोक सुवेदीले जनाएका छन्। थापा मेडीसिटि अस्पतालमा विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीहरू २४ सै घण्टा निगरानी राखेर उपचार हुदैछ। अन्य स्वास्थ्य अवस्थाको बारेमा परिवारको आग्रह अनुरूप योभन्दा बढी सार्वजनिक गर्न असमर्थ रहेको सुवेदीले जनाएका छन्।
थापाको उपचारको लागि २४ घण्टामा ५० लाख रुपैयाभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको जानकारी परिवार र साथीभाइले दिएका छन्। हालको लागी आर्थिक सङ्कलन बन्द गरिएको समेत सुवेदीले जनाएका हुन्। उनले सम्पूर्ण हिसाब किताबको स्वास्थ्य उपचार सकिएपछि सार्वजनिक गरिने जनाएका छन्।
जेठ १५, २०७८ शनिबार २०:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।