१० वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधन विस्थापित गर्ने सरकारको रणनीति 

१० वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधन विस्थापित गर्ने सरकारको रणनीति 

काठमाडौं : सरकारले आगामी १० वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधन विस्थापित गर्ने रणनीति बनाएको छ।  

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट संचालन हुने हलुका सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापित गर्ने रणनीतिक योजना कार्यान्वयन गरिने बताएका छन्। 

यसका लगि सुझाव दिन विज्ञ सहितको कार्यदल गठन गरिने अर्थमन्त्री पौडेलले जनाएका छन्। 

सरकारले पेट्रोलियम पदार्थबाट संचालन हुने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गरेमा ५ वर्षसम्म नवीकरण शुल्क, सडक निर्माण दस्तुर छुट दिने भएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन्। 

प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो। 
 

जेठ १५, २०७८ शनिबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।