१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक

१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्व ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १६ खर्व ४७ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। 

सरकारले केन्द्र सरकारको चालु खर्चको लागि ६ खर्ब ७८ अर्ब विनियोजन गरेको छ भने विकास खर्चको लागि ३ खर्ब ४७ अर्ब विनियोजन गरेको छ।

सरकारले आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने छ। यस्तै ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ। ३ खर्ब ९ अर्ब विदेशी ऋण लिने र २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिने जनाएको छ।

आगामी आर्थिक वर्षको बजेटमा कोभिड प्रभावित उद्योगलाई कर छुटको व्यवस्था गरिने अर्थमन्त्री पौडेलले बताए। 

जेठ १५, २०७८ शनिबार १८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।