आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध 

आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध 

काठमाडौं : प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न सरकारले आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाउने भएको छ। 

आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सपिङ मल तथा डिपार्टमेन्टल स्टोरलगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लास्टिकको झोलाको सट्टा सुती, जुट र कागजको झोला राख्नुपर्ने व्यवस्था गरिएको जनाएका छन्। 

उनले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पार्ट पूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा थप हुने लगानी अनुदानस्वरुप दिने बताए। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन्। 

प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो। 
 

जेठ १५, २०७८ शनिबार १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।