बाल प्रज्ञा प्रतिष्ठान स्थापना गरिने

बाल प्रज्ञा प्रतिष्ठान स्थापना गरिने

काठमाडौं : बालबालिकाको सर्वाङ्गीण विकासको लागि आगामी आर्थिक वर्षमा बाल प्रज्ञा प्रतिष्ठान स्थापना गरिने भएको छ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाल प्रज्ञा प्रतिस्ठान स्थापना गर्ने जनाएका हुन्।उनले स्थानीय तहसँगको साझेदारीमा १५ स्थानमा बाल उद्यान तथा बाल मनोरञ्जन स्थान स्थापना गरिने बताए। 

बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराई बहुआयामिक विकास गर्न झापाको दमकमा गुगास्तरीय शिक्षा सहितको चिल्डेन पाराडाइज स्थापना गरिने जानकारी दिए।  

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन्। 

प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो।

जेठ १५, २०७८ शनिबार १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।