गरिब परिवारलाई राज्य सुविधा परिचय पत्र दिने, गरिबी निवारण कोष खारेज

गरिब परिवारलाई राज्य सुविधा परिचय पत्र दिने, गरिबी निवारण कोष खारेज

काठमाडौं : सरकारले आगामी वर्षसम्म सबै गरिब परिवारलाई राज्य सुविधा परिचय पत्र दिने जनाएको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। उनले सरकारको तर्फबाट प्रदान गर्ने गरिब लक्षित सबै सेवा सुविधा सोही परिचयपत्रसँग आवद्ध गरिने बताए। 

उनले गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तरता दिनेसमेत बताए। साथै गरिबी निवारण कोष खारेज गर्रिएको उनले जानकारी दिए। 

कोषमा आबद्ध ३२ हजार सामुदायिक समूहलाई सहकारीमा रुपान्तरण गरिने उनले बताए। समूहले परिचालन गरेको १९ अर्ब आवर्ती कोषलाई सहकारीको बीउ पूँजीको रुपमा परिचालन गरी गरिबी निवारणको कार्यक्रम संचालन गरिने उनले जनाए। 

जेठ १५, २०७८ शनिबार १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।