स्टार्टअप व्यवसाय गर्ने युवालाई १ प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँसम्म कर्जा उपलब्ध गराइने 

स्टार्टअप व्यवसाय गर्ने युवालाई १ प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँसम्म कर्जा उपलब्ध गराइने 

काठमाडौं : सरकारले स्टार्टअप व्यवसाय गर्ने युवालाई परियोजना धितो राखी १ प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँसम्म बीउ पूँजी कर्जा उपलब्ध गराउने भएको छ।

आर्थिक वर्ष ०७८/०७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्न उक्त कर्जा उपलब्ध गराउन लागिएको पौडेलले बताए। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन्। 

प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो। 
 

जेठ १५, २०७८ शनिबार १७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।