निषेधाज्ञा अवधिभर बिजुलीको डिमान्ड शुल्कमा छुट
काठमाडौँ : सरकारले निषेधाज्ञा अवधिभरको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २० युनिटसम्म व्यक्तिगत प्रयोगकर्तालाई शतप्रतिशत छुट र उत्पादनमूलक उद्योग र होटेललाई निषेधाज्ञा अवधिभरको डिमान्ड शुल्क पूर्णरुपमा छुट दिने बताएका हुन्।
यस्तै बजेटमा २० हजार लिटरसम्मको खानेपानीको शुल्क निःशुल्क र साल्ट ट्रेडिङले बिक्री गर्ने सामानमा २० प्रतिशत छुट दिने उल्लेख गरिएको छ।
पर्यटन व्यवसाय, सञ्चार गृह, हेल्थ क्लबको इजाजत र नवीकरण शुल्क छुट दिइएको छ। होटेललाई उत्पादनमूलक क्षेत्रमा वर्गीकरण गरिएको छ भने खाद्यान्न, तरकारी ढुवानीमा २५ प्रतिशत अनुदान दिइने बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले बताए।
जेठ १५, २०७८ शनिबार १६:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।