२ लाख बेरोजगारलाई रोजगारी सिर्जना गर्न १२ अर्ब विनियोजन
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २ लाख बेरोजगार युवालाई रोजगारी दिन १२ अर्ब रुपैयाँ विनियोजन गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत एक सय दिनको रोजगारी दिइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए।
युवा उद्यमीलाई परियोजना धितो राखी २५ लाखसम्म १ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने अर्थमन्त्रीले बताए। नेपालमा पर्यटक आकर्षित गर्न विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क छुट दिने बजेटमा घोषणा गरेको छ।
जेठ १५, २०७८ शनिबार १६:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।