कोरोना खोप व्यवस्था गर्न २६ अर्ब ७५ करोड

कोरोना खोप व्यवस्था गर्न २६ अर्ब ७५ करोड

काठमाडौँ : सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ। कोभिड उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने बताएका छन्। कोरोना उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ। 

काठमाडौँ उपत्यकामा ३ सय शय्याको र प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल सञ्चालनमा ल्याउन सरकारले बजेट विनियोजन गरेको छ। सबै स्थानीय तहलाई एक वर्ष भित्र क्षयरोग मुक्त गरिनेछ।

जेठ १५, २०७८ शनिबार १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।