बजेटको ब्रिफकेश बोकेर अर्थमन्त्री प्रधानमन्त्री कार्यालयमा 

बजेटको ब्रिफकेश बोकेर अर्थमन्त्री प्रधानमन्त्री कार्यालयमा 

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बजेटसम्बन्धी ३ वटा अध्यादेश जारी गरेकी छन्। बजेट ल्याउनका लागि भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन्। 

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै सरकारले अहिले केही बेरमा आर्थिक वर्ष २०७८।०७९ को आय व्यय विवरण बजेट सार्वजनिक गर्दै छ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेल बजेटको ब्रिफकेश बोकेर अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्।

केही बेरमै सरकारले पूर्ण आकारको बजेट प्रस्तुत गर्दै छ। अध्यादेशबाट पूर्ण आकारको बजेट नल्याउन पूर्व अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरूले सरकारको ध्यानाकर्षण गराएका थिए। 

जेठ १५, २०७८ शनिबार १५:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।