कोरोनाविरुद्धको खोप सहयोग गर्न नेपालले अमेरिकालाई दियो पत्र 

कोरोनाविरुद्धको खोप सहयोग गर्न नेपालले अमेरिकालाई दियो पत्र 

राष्ट्रपतिले पठाएको पत्र अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई हस्तान्तरण गरिएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूत युवराज खतिवडाले पत्र हस्तान्तरण गरेको तस्बिर सार्वजनिक गरेको छ। 

दूतावासका अनुसार खतिवडाले मसिन्गालाई कोरोना भाइरसले नेपालमा पारेको महामारी र खोप योजनाबारे जानकारी गराएका छन्। राजदूत खतिवडाले अमेरिकी सरकारबाट खोप सहयोग गर्न नेपालले गरेको अनुरोध दोहोर्याएका दूतावासले जनाएको छ। 

 

जेठ १५, २०७८ शनिबार १३:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।