गणतान्त्रिक प्रणालीको संरक्षणमा क्रियाशील रहेको प्रधानमन्त्री ओलीको दाबी 

गणतान्त्रिक प्रणालीको संरक्षणमा क्रियाशील रहेको प्रधानमन्त्री ओलीको दाबी 

विधियुक्त राज्य प्रणालीले कानुनको शासन र लोकतन्त्रको प्रतिनिधित्व गर्ने उनले बताए। ‘संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग सहज रूपमा गर्ने गरी जनता सचेत र सक्षम नहुँदासम्म गणतन्त्र दिगो हुन सक्दैन।,’उनले भने,‘जनताको अज्ञानताबाट लाभ लिँदै जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहहरूले आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्तिलाई निस्तेज पारी गणतन्त्रलाई दिगो बनाउनु पर्दछ।’

उनले जनता बाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पुर्याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात् गर्न नसक्ने बताए। उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते दुई चरणमा घोषणा गरिएको आम निर्वाचन स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुप्रचार निराधार रहेको बताए। उनले चुनाव हुँदैन भन्ने दुष्प्रचारको भ्रममा नपर्न भनेका भनेका छन्। उनले सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए। 

गणतन्त्र दिवसका अवसरमा सम्बोधन गर्दै उनले आज सिङ्गो मानव समुदाय कोरोना महामारी विरुद्ध कठिन सङ्घर्षमा जुटेको बताए। उनले निःशुल्क खोप अभियानलाई निरन्तरता दिइरहेको बताए। आगामी निर्वाचनभन्दा अगाडि नै सबै जनतालाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएको उनको भनाई छ। 

 

जेठ १५, २०७८ शनिबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।