स्वास्थ्य मन्त्रालय भन्छ˗ अक्सिजन सिलिन्डर आपूर्तिमा समस्या निम्तिने जोखिम बढ्याे
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डर भर्न समयमै उद्योगमा फिर्ता नहुँदा आपूर्तिमा समस्या निम्तिने जोखिम बढेको छ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो। ‘एउटा उद्योगका अक्सिजन सिलिन्डरहरु अन्यन्त्र जाने क्रम पनि अध्यधिक बढिरहेको छ। र, यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले विभिन्न व्यक्ति तथा संघसंस्थाले व्यक्तिगत, आइसोलेसन केन्द्र, अस्पतालमा प्रयोगका लागि लगेका अक्सिजन सिलिन्डर समयमा नै सम्बन्धित कम्पनी वा अस्पतालमा पुग्ने गरी व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ।
अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्न मन्त्रालयले अनुरोध गरेको छ।
जेठ १२, २०७८ बुधबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।