६७१४ जनामा कोरोना संक्रमण, १४५ काे मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय १४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले पिसिआर विधिबाट ६ हजार ६ सय ७७ र एन्टिजेन्ट विधिबाट ३७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
काठमाडौं उपत्यकामा १ हजार ४ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना निको भएका छन्। अहिलेसम्म संक्रमणमुक्त हुने दर ७६९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
उक्त अवधिमा १ सय ४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ जना रहेको मन्त्रालयले जनाएको छ।
जेठ १२, २०७८ बुधबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।