‘पछिल्लो साता विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी’

‘पछिल्लो साता विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी’

काठमाडौं : पछिल्लो साता विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमण र मृत्युमा कमी आएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। 

उक्त अवधिमा विश्वभर करिब ४१ लाखमा संक्रमण पुष्टि भएको र ८४ हजारको मृत्यु भएको डब्लुएचओले जनाएको छ। 

पछिल्लो साता कोरोना संक्रमणमा १४ प्रतिशत र मृत्युमा २ प्रतिशतले कमी आएको थियो। 

डब्लुएचओका अनुसार पछिल्लो साता युरोपेली क्षेत्रमा नयाँ केस र मृत्युमा सबैभन्दा बढी कमी आएको छ। 

जेठ १२, २०७८ बुधबार १६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।