बुद्ध जयन्तीमा देउवाको कामना : सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन्
काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी घटनाबाट देश मुक्त हुन नसकेको उल्लेख गरेका छन्। विगतका वर्षहरू अशान्ति र द्वन्द्वबाट आक्रान्त रहेको देश अझै पनि मुक्त हुन नसकेको देउवाले उल्लेख गरेका हुन्।
बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा शुभकामना दिँदै देउवाले हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्ने लेखेका छन्।
कोरोना सङ्क्रमितको उपचारमा आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभाव हुनुमा सरकारको चरम लापरबाही, संवेदनहीनता र अकर्मण्यता जिम्मेवार रहेको देउवाले उल्लेख गरेका छन्। ‘यो सरकार न विगतका गल्तीबाट सिक्छ, न नेपाली काँग्रेस तथा अन्य सरोकारवालाहरूले दिएको सुझाव र सल्लाहलाई आत्मसात् गर्छ,’उनले लेखेका छन्,‘यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी छ।’
उनले कोभिड १९ को जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न सबैलाई आग्रह गरेको छन्। देउवाले अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना पनि गरेका छन्।
जेठ १२, २०७८ बुधबार १२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।