सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक जारी

सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक जारी

धनगढी : सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक चलिरहेको छ। दलको कार्यालयका सुरु बैठकमा सभामुख बाहेकका २४ जना सांसदमध्ये बैठकमा २१ सांसद उपस्थित छन्।

बैठकमा ओली पक्षका ३ सांसद उपस्थित भएका छन्। बैठकमा ओली पक्षाका नेपालु चौधरी, पठानसिंह बोहरा र माया तामाङ बोहरा उपस्थित भएका हुन्। अन्य तीन सांसद कैलालीभन्दा बाहिर रहेकाले उपस्थित हुन नसकिएको बताइएको छ।

स्थायी कमिटीको बैठकपछि बस्न लागेको दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

जेठ १२, २०७८ बुधबार १२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।