कोरोनाका कारण खुला र भव्य रूपमा चाडपर्व मनाउन सम्भव छैन : मुख्यमन्त्री राई
काठमाडौँ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धको उपदेशलाई आत्मसात् गर्न सकिए राष्ट्र र विश्वमा नै दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन्।
बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा सन्देश दिँदै मुख्यमन्त्री राईले बुद्धको उपदेश आत्मसात् गर्न सकिए दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका हुन्।
मुख्यमन्त्री राईले उभौली जस्ता चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन्।
कोरोना भाइरस फैलिएका कारण यी चाडपर्व खुला र भव्य रूपमा मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले भाइरसको सङ्क्रमणबाट बच्न र सुरक्षित रहन अपिल पनि गरेका छन्।
जेठ १२, २०७८ बुधबार ०९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।