संसद् विघटनविरुद्ध काँग्रेस भातृ संस्था विरोधमा, आन्दोलन रोक्ने रणनीति बनाउँदै गृह

संसद् विघटनविरुद्ध काँग्रेस भातृ संस्था विरोधमा, आन्दोलन रोक्ने रणनीति बनाउँदै गृह

सङ्घले काठमाडौँ उपत्यकाको शीतल निवास,त्रिचन्द्र क्याम्पस घण्टाघर, माइतीघर, प्रदर्शनी मार्ग, कोटेश्वर, चाबहिल, पोखरा, चितवन, सुर्खेत, जनकपुरधाम, सिन्धुली, स्याङ्जा, रौतहट, सुर्खेतमा विरोध प्रदर्शन भएको थियो।

विरोध प्रदर्शनको क्रममा सङ्घको त्रि-चन्द्र क्याम्पसका नेता सुन्दर बडाल,केशव जोशी लगायत पक्राउ परेको सङ्घका महामन्त्री बलदेव तिम्सिनाले जानकारी दिए।

आजै विपक्षी दलका युवा र विद्यार्थी सङ्गठनले संसद् विघटन विरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय गरेको थियो। विध्यार्थीहरु आन्दोलनमा उत्रिने तयारी गरेपछि गृह मन्त्रालयले कसैलाई पनि सडकमा आउनै नदिने रणनीति बनाएको छ।

गृह सचिव महेश्वर दाहालले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई मन्त्रालयमा बोलाएर हाल निषेधाज्ञा जारी रहेकाले त्यसको उलङ्घन हुने गरी कुनै गतिविधि गर्न नदिन निर्देशन दिएका थिए। कोरोना नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञालाई उपयोग गरेर विरोध प्रदर्शन निस्तेज गर्ने गृहको रणनीति देखिएको छ।

सुर्खेतमा कालो पट्टी बाँधेर विरोध

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली काँग्रेसले कालो पट्टी बाँधेर साङ्केतिक विरोध गरेको थियो।

सुर्खेतको काँग्रेस पार्टी कार्यालय नजिकबाट सुरु भएको विरोध रयाली नेता चोकमा पुगेर सभामा परिणत भएको थियो। पूर्व सञ्चार राज्यमन्त्री तथा पूर्व सुर्खेतका पार्टी सभापति तप्त बहादुर विष्टको उपस्थितिमा टाउकोमा कालो पट्टी बाँधेर प्रधानमन्त्री ओलीको विरोध गर्दै संसद् पुनर्स्थापना गर्नु पर्ने भन्दै नारा लगाइएको थियो ।

विष्टले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने भन्दै यो कदमका विरुद्ध कर्णालीवासी जागरुक हुनुपर्ने बताएका थिए। उनले ठुलो त्याग र तपस्याबाट जनताले बनाएको संविधानलाई कुल्चँदै प्रधानमन्त्री र राष्ट्रपतिले गरेको यो कदमलाई जनताले मुल्याङ्कन गर्ने बताए।

जेठ ८, २०७८ शनिबार २२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।