संसद् विघटन प्रतिगामी कदम : माओवादी केन्द्र
केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले संसद् विघटन गर्ने कदम प्रतिगामी र अवैधानिक भएको निष्कर्ष निकालेको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी गराए।
'सबै पक्षसँग एक भएर कानुनी र राजनीतिक लडाई अगाडि बढाउने हाम्रो पार्टीले निर्णय गरेको छ। यो अवैधानिक र प्रतिगामी कदम हो, उनले भने ' अन्य राजनीतिक पार्टी नागरिक समाजलाई प्रतिगामी कदमको विपक्षमा उभिन आग्रह गरेको छ।'
जेठ ८, २०७८ शनिबार २०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।