नेपाल समूहमाथि कारबाही गर्दै ओली समूह, ११ जनालाई सोधियो स्पष्टीकरण

नेपाल समूहमाथि कारबाही गर्दै ओली समूह, ११ जनालाई सोधियो स्पष्टीकरण

शुक्रवार काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबी पेस गर्न नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेस गरे पनि स्पष्टीकरण भने ११ जनालाई मात्र सोधिएको छ। 

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई स्पष्टीकरण सोधिएको हो। उनीहरूलाई पर्सि बिहानसम्मको समय दिइएको छ। 

अन्य निवर्तमान सांसदहरूले नेपाललाई प्रधानमन्त्रीका रूपमा समर्थन गरेको देउवाका लागि हैन भनेकाले उनीहरूसँग पार्टीले पछि कुरा गर्ने ज्ञवालीले बताए।

जेठ ८, २०७८ शनिबार २०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।