२४ घण्टामा ८८४८ जना कोरोनामुक्त
योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा २० हजार १ सय ५ नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ। योसँगै देशभर ५ लाख ५ हजार ६ सय ४३ पुगेको कोरोना संक्रमित पुगेका छन्।
यसैगरी, पछिल्लो २४ घण्टामा थप १ सय २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ।
जेठ ८, २०७८ शनिबार १७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।