बाग्मती प्रदेश : राष्ट्रियसभा उपनिर्वाचनमा आधिकारिक उम्मेदवारलाई नसघाएकाे भन्दै एमालेका १४ सांसद्लाई साेधियाे स्पष्टीकरण
राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापाको साटो स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटालाई सहयोग गरेको र पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उनले एमालेको १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका हुन्।
स्पष्टीकरण सोधिनेमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मीना ज्ञवाली, लक्ष्मण लम्साल र पार्वती सिलवाल रहेको एमाले बाग्मती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।
यसअघि हेटौंडास्थित मुख्यमन्त्री पौडेलको सरकारी निवासमा बसेको प्रदेश संसदीय बोर्ड बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
राष्ट्रियसभा उपनिर्वाचनमा सत्तारूढ एमालेका आधिकारिक उम्मेदवार थापा स्वतन्त्र उम्मेदवार देवकोटासँग पराजित भएका थिए।
देवकोटाले स्वतन्त्ररूपमा उम्मेदवारी दिए पनि उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधवकुमार नेपाल– झलनाथ खनाल समूहको समर्थन थियो।
जेठ ८, २०७८ शनिबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।