निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन– निर्वाचनको तयारीमा जुट्नुस्
बालुवाटारमा आज (शनिबार) बिहान भएको भेटमा उनले आयोगका पदाधिकारीलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
साथै प्रधानमन्त्री ओलीले निर्वाचन अपरिहार्य भएकाले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएको प्रेस सल्लाहकार थापाले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो राति संसद् भंग गर्दै कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोकेकी छन्।
जेठ ८, २०७८ शनिबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।