अहिलेको अवस्था निम्तिनुमा कांग्रेस र माओवादी केन्द्र कम जिम्मेवार छैनन् : मिश्र
उनले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै यस्तो आरोप लगाएका हुन्। उनले कांग्रेस र माओवादी केन्द्रले झण्डै तीन महिनासम्म पनि सरकार बनाउन नसकेको बताए।
साथै उनले कांग्रेस र माओवादी केन्द्रले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गर्नेसम्मका काम गरे पनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध भने केही गर्न नसकेको प्रतिक्रिया दिए।
‘हामी प्रधानमन्त्री र राष्ट्रपतिविरूद्ध खनिएका छौं। नबिर्साैं, कांग्रेस र माओवादी केन्द्रले सुशीला कार्कीजस्ती न्यायकी प्रतिमूर्तिविरुद्ध समेत महाअभियोग दर्ता गरेका थिए। र, उनीहरूले अनगिन्ती गैरकानुनी काम गरेका छन्। अहिले नि झण्डै ३ महिनासम्म यिनले सरकारै बनाउन सकेनन्। यो स्थितिका लागि यी कम जिम्मेवार छैनन्,’ उनले लेखेका छन्।
जेठ ८, २०७८ शनिबार १४:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।