पूर्वसांसद् घर्तीको पहलमा रोल्पा पठाइयो स्वास्थ्य सामग्री
संसदीय समिति (शिक्षा तथा स्वास्थ्य)की निवर्तमान सभापतिसमेत रहेकी घर्तीको पहलमा ४० लिटरका २५ थान सिलिन्डर, २ थान अक्सिजन कन्सट्रेटर, १ थान बाइपाप मेसिन, ५ सय थान एन्टिजेन्ट किट, २० थान डिजिटर थर्मोमिटर, सय थान गाउन, ५ सय एमएलका ५ बोत्तल सेनिटाइजर, हजार थान सर्जिकल मास्क र सय थान एन ९५ मास्क रोल्पा पठाइएको हो।
ती सामग्री रोल्पा जिल्ला अस्पताललाई हस्तान्तरण गरिने उनले जानकारी दिइन्। स्वास्थ्य सामग्रीबाट संक्रमितको उपचारमा केहि हदसम्म भए पनि राहत पुग्ने उनको विश्वास छ।
जेठ ८, २०७८ शनिबार १४:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।