‘जनमतसंग्रहका लागि दल तयार भए संयुक्त सरकारका लागि सहकार्य गर्न सकिन्छ’

‘जनमतसंग्रहका लागि दल तयार भए संयुक्त सरकारका लागि सहकार्य गर्न सकिन्छ’

संसद् विघटन र मध्यावधि निर्वाचन घोषणापछि उनले आज (शनिबार) वक्तव्य जारी गर्दै यस्तो जनाएका हुन्। 

‘आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोक्ने अधिकार जनमतसंग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ,’ वक्तव्यमा लेखिएको छ, ‘जनमतसंग्रहका लागि राजनीतिक पार्टीहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौं।’

उनले जनमतसंग्रहको निकास कुनै पार्टी विशेषको विषय नभएर देश र जनताका लागि दीर्घ शान्ति, स्थिरता, स्वाधीनता एवं समृद्धिसँग जोडिएको विषय भएकाले यसका पक्षमा एकतावद्ध भएर उत्रिन सबैलाई अपिल गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति संसद् भंग गरेर आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी छन्।
 

जेठ ८, २०७८ शनिबार १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।