देउवालाई समाजवादीका १२, एमालेका २६ र जनमोर्चाको १ सांसदको समर्थन
काँग्रेस संसदीय दलले जारी गरेको विज्ञप्ति अनुसार एमाले माधव कुमार नेपाल समूहका २७ मध्ये २६ सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेका छन्। उता प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने कि देउवालाई भन्नेमा विभाजित रहेको जसपाका ३२ मध्ये १२ सांसदले देउवालाई समर्थन गरेको विज्ञप्तिमा उल्लेख छ।
देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेको छ। जनमोर्चाबाट दुर्गा पौडेल सांसद छिन्। काँग्रेसबाट ६१ जना सांसद छन् भने माओवादी केन्द्रबाट ४९ जना सांसद छन्।
उता एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा मागवादी गर्दै बुझाएको पत्रमा जसपाका ३२ जना र एमालेका २२१ जना सांसदको समर्थन रहेको दाबी गरेका छन्। संसद्मा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसदको समर्थन दुबैतिर देखिएन। नेपाल मजदुर किसान पार्टीको पनि दुबैतिर समर्थन देखिएन। नेमकिपाबाट एक जना सांसद छन्।
जेठ ७, २०७८ शुक्रबार १८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।