२४ घण्टामा कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु 

२४ घण्टामा कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु 

त्यसैगरी २४ घण्टामा २३ हजार २ सय २६ नमुना परीक्षण गरिएकामध्ये ८ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर ४ लाख ९७ हजार ५२ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टाको मृत्युदर १.२१ प्रतिशत छ भने निको हुनेको दर ७५.४१ प्रतिशत छ। 

त्यसैगरी, सक्रिय संक्रमितकाे दर २३.३८ प्रतिशत छ। शुक्रबार १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकामध्ये काठमाडौंमा २२ हजार १ सय ९३, भक्तपुरमा ४ हजार ८ सय ६४ र ललितपुरमा ६ हजार ८ सय ५० सक्रिय संक्रमित छन्। 

देशभर १ हजार ७ सय १६ जना आइसियुमा र ५ सय ११ जना भेन्टिलेटरमा उपचरमा रहेको मन्त्रालयले जनाएको छ।

जेठ ७, २०७८ शुक्रबार १८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।