राष्ट्रपतिले विपक्षी दललाई भनिन्' हेरेर निर्णय गर्छु'

राष्ट्रपतिले विपक्षी दललाई भनिन्' हेरेर निर्णय गर्छु'

नेपाली काँग्रेसका नेता रमेश लेखकका अनुसार राष्ट्रपति भण्डारीलाई भेटेर नयाँ सरकार गठन गर्न आफ्नो पक्षमा प्रस्ट बहुमत रहेको जानकारी गराउँदै दाबी पेस गरेको उकेरालाई बताए।

'हामीले दाबी पेस गर्यौ, राष्ट्रपतिले हेरेर निर्णय गर्छु भन्नुभयो,' लेखकले भने' उहाँले संविधान र कानुन हेरेर निर्णय गर्नेमा विश्वास छ।'

नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूह गरी एक सय ४९ जनाले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका छन्। 

प्रधानमन्त्री ओलीले पनि एक सय ५३ सांसदको समर्थन रहेको भन्दै दाबी पेस गरेका छन्। उनले एमालेको सबै १२१ सांसद र जसपाको पनि सबै ३२ सांसदको समर्थन आफूलाई रहेको दाबी गरेका छन्।

 

जेठ ७, २०७८ शुक्रबार १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।