मानव अधिकार आयोग र पत्रकार महासंघबीच संकटमा सहकार्य गर्ने सहमति
छलफलमा आयोगका अध्यक्ष मगरले सबैखाले मानव अधिकार हननका घटना हुन नदिन आयोग प्रतिवद्ध रहेको बताए। उनले मानव अधिकार हननका घटना सम्बन्धी समाचार सम्प्रेषण गर्न पत्रकारका लागि आवश्यक तालिम सञ्चालनमा महासंघसँग सहकार्य गर्न आयोग तयार रहेको बताए।
महासंघका अध्यक्ष पोख्रेलले संकटका समयमा मानव अधिकार हननका घटना बढी हुनसक्ने भएकोले त्यस्ता घटनालाई बाहिर ल्याउन र तत्काल समाधान गर्न आवश्यक रहेको बताए। उनले संकटका बेलामा मानव अधिकारको संरक्षका लागि पत्रकारिता क्षेत्रबाट भूमिका खल्नुपर्ने बताउँदै त्यसका लागि आवश्यक पाठ्यक्रम निर्माण गरी पत्रकारलाई प्रशिक्षित गर्ने योजनामा सहकार्य गर्न आयोगलाई आग्रह गरे।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगले निर्माण गरेको “अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिका, २०७५” अनुसार अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संयन्त्र निर्माणका लागि थप छलफल अगाडि बढाउने सहमति पनि भएको छ।
जेठ ७, २०७८ शुक्रबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।