माधव नेपाल पक्षका २६ सांसदको हस्ताक्षर ओलीको विपक्षमा, सरकार दावी गर्न विपक्षी दल शीतल निवासमा
नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा बसेको काँग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहको बैठकले संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनको दाबी गर्ने निर्णय गरेका छन्। सो निर्णय अनुसार चारै दलका नेताहरू राष्ट्रपति निवास पुगिसकेका छन्।
बैठक सकिए पनि कसको नाममा सरकारको दाबी गर्ने भन्ने उनीहरूले खुलाएका छैनन्। बैठकपछि पत्रकारसँग कुरा गर्दै काँग्रेस सांसद गगन थापाले नयाँ सरकारको लागि १४९ संसद्को हस्ताक्षर पुगेको जानकारी दिए। यसमा नेपाल पक्षका २६ सांसदको हस्ताक्षर रहेको उनले जानकारी गराए।
१४९ जना सांसदको हस्ताक्षर लिएर कांग्रेस नेता देउवा प्रधानमन्त्रीको दावी गर्न राष्ट्रपति निवास पुगेको एमाले नेता विष्णु रिजालले पुष्टि गरे । उनले उकेरालाई प्रतिक्रिया दिँदै भने, 'कांग्रेस नेता देउवा १४९ जनाको हस्ताक्षर बोकेर शीतल निवास गएको सत्य हो।'
जेठ ७, २०७८ शुक्रबार १६:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।