संविधान संशोधनको गृहकार्य गर्न सरकारद्वारा ५ सदस्यीय कार्यदल गठन

संविधान संशोधनको गृहकार्य गर्न सरकारद्वारा ५ सदस्यीय कार्यदल गठन
बिहीबार बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको गृहकार्य गर्न नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का नेता सम्मिलित कार्यदल गठन गरेको हो। 

कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल छन् भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्।

जसपाले राज्य पुनस्संरचना, समावेशिता र नागरिकतासम्बन्धी ऐन संशोधन हुनुपर्ने माग राख्दै आएको छ।

जेठ ७, २०७८ शुक्रबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।