विपक्षमा १७७ सांसद छन्, सरकार बनाए हुन्छ : प्रधानमन्त्री ओली 

विपक्षमा १७७ सांसद छन्, सरकार बनाए हुन्छ : प्रधानमन्त्री ओली 

बालुवाटारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले विश्वासको मत नपाइने ढक्क भएर नै त्यो प्रक्रियामा नगई अर्को सरकार गठन गर्न मार्ग प्रशस्त गरिदिएको जिकिर गरे। ‘संसदमा पाउने त्यही ९३ मत हो,’ उनले भने, ‘उनीहरूसँग १७७ सांसद छन्, बनाइ भयो नि सरकार।’ 

उनले आफ्नै पार्टी एमालेका २७ सांसद वैशाख २७ गते संसदमा उपस्थित नभएको भन्दै उनीहरूलाई पनि विपक्षी दलका सांसदमै गणना गरे। ‘एमालेले पाएको १२१ सिट हो,’ उनले भने,‘तर, ९३ ले मात्रै विश्वासको मत दिए।’ 

१७७ सांसद भएकाले सरकार गठनको दाबी प्रस्तुत गर्न उनले चुनौती दिए। ‘म पनि दलहरूलाई आग्रह गरिरहेको छु,’उनले भने,‘उनीहरूले दाबी नगर्ने, मलाई समर्थन पनि नगरे संविधान अनुसार नै संसद् विघटन गरेर चुनावको मिति घोषणा हुन्छ।’

 आफूसँग एक तिहाइ मात्रै रहेको भन्दै बहुमतमा रहेका विपक्षी दललाई सरकार बनाउन बाटो खुल्ला गरेको बताए। 

जेठ ७, २०७८ शुक्रबार १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।