जसपाको ठाकुर पक्ष ओलीविरुद्ध नउभिने
आफ्ना पक्षका सांसदहरूको बैठक राखेर अध्यक्ष ठाकुरले ओलीविरुद्धमा नजाने निर्णय गराएका छन्। ओलीसँग भएको सहमतिबारे जानकारी गराउँदै ओलीविरुद्ध नउभिने निर्णय गरेको हो।
यस्तै अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबि सहमति भएर आह्वान गरिएको बैठक महन्थले एक्लै स्थगित गरेका छन्। जेठ ८ र ९ गतेका लागि आह्वान गरिएको कार्यकारिणी समितिको बैठक ठाकुरले एकपक्षीय रूपमा स्थगित गरेका हुन।
अध्यक्ष ठाकुरले विज्ञप्ति निकालेर बैठक स्थगित गरेको जानकारी गराएका छन्। विज्ञप्तिमा कोरोनाको कारण देखाउँदै बैठक स्थगित गरिएको जानकारी गराइएको छ।
जेठ ७, २०७८ शुक्रबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।