विपक्षीलाई प्रधानमन्त्रीको प्रश्न : राष्ट्रपतिलाई महाअभियोग किन?
नेपाली काँग्रेसको अगुवाइमा काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको विपक्षीको बैठकले राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मको विषयमा छलफल गरेको थियो।
सोही छलफललाई लक्षित गर्दै उनले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउन चुनौती दिँदै 'राष्ट्रपति माथिको आक्रोश, राष्ट्रपतिमाथिको विरोध गणतन्त्रको विरोधी हो।'
उनले राष्ट्रपतिको हुर्मत लिने र मर्यादा नराख्ने काम गणतन्त्र सुहाउँदो नभएको बताउँदै राष्ट्रपतिले संविधानमा जे प्रावधान छ सोही अनुसार काम गरेको भन्दै भने' म प्रधानमन्त्रीको हैसियतमा जबाफदेही छु। गणतन्त्रमाथि प्रहार नगर्नुस्।'
जेठ ७, २०७८ शुक्रबार १३:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।