पूर्व सहायक मन्त्री शाहीको निधन
आठ वर्षदेखि दम रोगले ग्रसित ७७ वर्षीय डा. शाहीको शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको उनका नाति शिक्षा सरोकार केन्द्रका निर्देशक मीनबहादुर शाहीले जानकारी दिए।
डा. शाही कर्णाली प्रदेशकै पहिलो र नेपालको चौथो पिएचडी गर्ने व्यक्ति हुन्। २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका थिए।
दुल्लु नगरपालिका–१० गमौडीमा जन्मिएका डा. शाहीले ‘प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धि’ नामक विकास विवेचना पुस्तक लेखेका छन्। उनको जन्म २००१ जेठ ५ गते दैलेखको दुल्लु नगरपालिका–१० गमौडीको सातखम्बमा भएको हो। उनका दुई श्रीमती, एक छोरा र चार छोरी छन्।
जेठ ७, २०७८ शुक्रबार १३:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।