प्रधानमन्त्रीमा मेरो पहिलो च्वाइस त मै हो : प्रधानमन्त्री ओली
उनले भने' तपाईँहरू सरकार बनाउनुस्। मेरो रचनात्मक सहयोग हुनेछ। सधैको किचकिच हुने छैन। सहयोगी भावनाका साथ प्रस्तुत हुनेछ। नभए मलाई समर्थन गर्नुस्,' ओलीले भने।
कसैले वैकल्पिक सरकार बनाउन सके ठिकै छ भन्दै उनले भने ' मेरो पहिलो च्वाइस त मै हो।'
उनले दलिए मर्यादा नाघेर अलोकतान्त्रिक हर्कतहरु संसद्मा भित्र्याइएको, लोकतन्त्रको हुर्मत लिने काम भएको भन्दै दलहरूको आलोचना गरेका थिए।
'बिहान देउवासँग कुरा गरेर सरकार बनाउनुस् हामी प्रतिपक्षमा बसेर सघाउँछौँ भने। राष्ट्रिय सरकार बनाऊँ। राष्ट्रिय राजनीतिलाई सधैँ विभाजनमा मात्र लैजाने काम नहोस्। तर विपक्षी दल राजनीतिलाई विवादतिर लैजान मात्र लागेका छन्,' उनले पत्रकार सम्मेलनमा भने।
जेठ ७, २०७८ शुक्रबार १३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।