छलेर सरकार कब्जा गर्न नखोजेको प्रधानमन्त्री ओलीको दाबी
पत्रकार सम्मेलन गर्दै उनले विश्वासको मत लिन नसकिने निश्चित भएपछि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आएकाले आफूले बाटो खोलिदिएको दाबी गरे। उनले नयाँ सरकार गठनको बाटो खोल्नुमा छलेर सरकार कब्जा गर्न खोजेको नभएको दाबी गरे।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठन होस् भनेर राष्ट्रपति समक्ष मार्ग प्रशस्त गर्नुको कारण जेठ १५ मा बजेट र त्यो भन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले नै विश्वासको मततिर नलागेर नयाँ सरकार गठनतिर गएको उनले दाबी गरे।
'त्यो कुरा बाहिर आएपछि कृत्रिम र नाटकीय व्याख्या भएको। नयाँ र अचानक आइपुगेके झैँ भनिएको । विश्वासको मत प्राप्त हुँदैनथ्यो। फेरि जाने ५ मै हो,' उनले भने।
विश्वासको मत लिने कर्मकाण्ड गरेर पराजित भएर फेरि उपधारा ५ मै जानुपर्ने भएपछि नयाँ सरकारको बाटो खोलिदिनु अत्यावश्यक रहेकाले वैकल्पिक सरकार निर्माणका लागि आव्हानका लागि राष्ट्रपतिमा सिफारिस गरेको उनले दाबी गरे।
जेठ ७, २०७८ शुक्रबार १३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।