राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्न तीन दलको आव्हान
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आव्हान गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान अनुसार पदमुक्त भएकाले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्नुपर्ने तीन दलको माग छ।
प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रतिनिधिसभामा राखेको प्रस्ताव संविधानको धारा १०० को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेकोले ओली नेपालको संविधान बमोजिम प्रधानमन्त्री पदबाट मुक्त भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
वैशाख २७, २०७८ सोमबार १९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।