सरकार संसद्को विशेष अधिवेशन आजैदेखि अन्त्यको सिफारिस गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आव्हान भएको प्रतिनिधिसभाको अधिवेशन आजकै लागि मात्रै भएकाले अन्त्यको सिफारिस गर्ने मन्त्री श्रेष्ठले बताए। ‘विश्वासको मत लिने प्रयोजनका लागि आज एक दिनका लागि मात्रै अधिवेशन आव्हान भएको हो,’ मन्त्री श्रेष्ठले उकेरासँग भने, ‘सो प्रयोजन सकिएकाले आजैदेखि अन्त्य गर्न सिफारिस गरिनेछ।’
प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाइसकेका छन्। उनले संसदमा उपस्थित २३२ सांसद मध्ये जम्मा ९३ मत मात्रै पाए। उनको विपक्षमा १२४ मत परेको थियो भने १५ जना सांसद तटस्थ बसेका थिए।
सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक वैशाख ३० गते दिउँसो १ बजेका लागि बोलाएका छन्।
वैशाख २७, २०७८ सोमबार १८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।