नेमकिपाका सांसद सुवालको संसदमा माग : समस्याको समाधान ताजा निर्वाचन
प्रतिनिधिसभामा बोल्दै उनले वर्तमान सरकार तथा प्रमुख प्रतिपक्षी कांग्रेस आफ्नो जिम्मेवारी पुरा गर्न चुकेको भन्दै उनले यस्तो बताएका हुन।
उनले कोरोना महामारीको समयमा सरकारले उपयुक्त कदम चाल्न नसकेको भन्दे आलोचना गरे। उनले कोरोना महामारी नियन्त्रणका लागि भन्दै लगाइएको निषेधाज्ञामा सरकारले विदेशीको इसारामा कोरोना खोप लगाउन रोकेको बताए। ‘खोप भण्डारमा होइन जनतालाई दिनु आवश्यक पर्छ। सरकारले चीनको अनुभवबाट पनि सिक्न सकेको छैन।’ उनले भने।
उनले यो राजनीतिक अन्यौलताको विकल्प ताजा जनादेश भएको बताए। ‘राजनीतिक अन्योलले विदेशीको भरमा सिद्धान्तहीन संयुक्त निर्वाचन मोर्चा,सिद्धान्तहीन संयुक्त सरकार र सिद्धान्हिन पार्टी एकता गर्न नहुने पुष्टि गर्छ। र यो राजनीतिक अन्योल हटाउन जनताको ताजा जनादेश लिनु अथवा निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हो।’ उनले संसदमा भने।
वैशाख २७, २०७८ सोमबार १६:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।