संसदमा यादवको प्रश्न : जुन संसदमाथि विश्वास गर्नुहुन्न, कसरी विश्वासको मत दिने? 

संसदमा यादवको प्रश्न : जुन संसदमाथि विश्वास गर्नुहुन्न, कसरी विश्वासको मत दिने? 

प्रतिनिधिसभाको बैठकमा अध्यक्ष यादवले अहिलेसम्म प्राप्त उपलब्धिलाई धरापमा पार्न विश्वासको मत दिन नसकिने बताए। सङ्घीयतालाई संस्थागत गर्नुको साटो प्रधानमन्त्रीले यसलाई उखेलेर फाल्ने प्रयास गरेको उनको आरोप छ। 

संसदीय प्रणालीलाई वास्ता नगरी अध्यादेशबाटबाट शासन गर्ने प्रधानमन्त्रीको काम स्वेच्छाचारी भएको उनको भनाई छ। उनले करोडौँ कमिसन नमिलेका कारण कोरोना भ्याक्सिन रोकिएको भन्दै जनताको जीवनसँग खेलबाड गर्ने सरकारलाई विश्वास गर्ने आधार नभएको बताए।  सरकार कोरोना महामारी नियन्त्रण चुकेको भन्दै आलोचना गरे। ​अध्यक्ष यादवले विश्व स्वास्थ्य सङ्गठनको चेतावनी नमान्दा भयावह अवस्था आएको बताए।  

‘डव्लुएचओले एक वर्ष अगाडि नै नेपालमा डरलाग्दो अवस्था आउँछ भनेर चेतावनी दिएको थियो। तर,सरकारले यसतर्फ ध्यान दिएन। सरकारले गर्नुपर्ने तयारी केहिपनि गरेन। जसको परिणाम आज अस्पतालमा बेड छैन, बिरामी बरन्डामा उपचार गराइरहेका छन्। उपचार र औषधी नपाएर छटपटिएर मर्नुपरेका घटना दिनहुँ आइरहेका छन्।,’ उनले भने, ‘सरकारले महामारीतर्फ ध्यान दिनुपर्थ्यो। तर,ध्यान कहाँ गयो भन्दा अयोध्यातिर।’

यादवले प्रधानमन्त्री ओलीले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयनमा विश्वासघात गरेको बताए। उनले प्रधानमन्त्री आफैले अविश्वास गरेको सांसदबाट विश्वासको मत माग्नु नैतिकताले नदिने दाबी गरे।

वैशाख २७, २०७८ सोमबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।