संसद्मै पोखियो जसपाको विवाद : महन्थ निरीह, यादव उग्र 

संसद्मै पोखियो जसपाको विवाद : महन्थ निरीह, यादव उग्र 

विश्वासको मतबारे जसपाको तर्फबाट महन्थ ठाकुरले आफ्नो पार्टीले पक्ष-विपक्ष कतै मतदान नदिने तटस्थ बस्ने जानकारी गराउँदा अर्का नेता उपेन्द्र यादवले भने आफ्नो पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए।

सम्बोधनका शब्दहरूबाटै जसपा विभाजनको चरणमा पुगेपछि ह्विप नलगाई पक्षमा मतदान नगर्ने तर विपक्षमा मतदान गर्न नरोक्ने निर्णय गरेको सांसदमै देखियो।

आफ्नो दलका केही नेताहरूको मुद्दा फिर्ता लिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका ठाकुरले अन्तमा भने' हामी पक्ष-विपक्ष कतै मतदान नगर्ने निर्णयमा पुगेका छौँ। हाम्रो बाध्यता बुझिदिनुहोला।'

ठाकुरपछि सम्बोधन गर्न आएका जसपाका नेता उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई धोकेबाज भन्दै कडा शब्दमा आलोचना गर्दै विश्वासको मतको  विपक्षमा मतदान गर्ने बताए।

संविधान संशोधनको  माग गर्दा प्रधानमन्त्री ओलीले 'अहिले संविधान संशोधन गर्न लागे धेरैले धेरै थरीका मादल बजाउँछन्' भनेको स्मरण गराउँदै यादवले भने' प्रधानमन्त्री अहिले तपाई चैँ किन मादल बजाइरहनु भएको ?'

उनले प्रधानमन्त्री ओली प्रधानमन्त्री भएको बेलामा मधेसमा धेरै दमन भएको, प्रधानमन्त्री ओली सङ्घीयता विरोधी रहेको भन्दै उनको  विपक्षमा मतदान गर्ने बताएका थिए।

वैशाख २७, २०७८ सोमबार १६:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।